नेपालमा बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह « Khabarhub

नेपालमा बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।  उनले व्यवस्थाप्रति नकारात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताउँदै अब कुरा भन्दा काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्को सन्दर्भमा उनले नेपालमा पढ्ने विद्यार्थीहरूको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको भन्दै नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताए ।  उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरू नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने पनि उनले बताए ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदानप्रदान गर्न सक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन,’ उपप्रधानमन्त्री सिंहले भने ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ३६ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको