बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन  « Khabarhub

बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन 


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलमा आतंकवादी समूह हमासद्वारा बन्दी बनाइएका बिपीन जोशीको रिहाइको माग गर्दै कञ्चनपुरको महेनद्रनगरमा हस्ताक्षर संकलन गरिएको छ ।

सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको आह्वानमा बिपीनको गृहजिल्ला कञ्चनपुरमा रिहाइका लागि सरकारलाई दबाब दिन हस्ताक्षर संकलन गरिएको हो ।

‘कञ्चनपुरको भीमदत्त–३ का विद्यार्थी भाइ बिपीन जोशीको रिहाइका निमित्त अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटिको आयोजनामा वृहत् हस्ताक्षर संकलन अभियान सुरुवात भएको छ,’ एमाले कञ्चनपुरका नेता महेश पन्तले भने, ‘त्यस अन्तर्गत आज अनेरास्ववियु कञ्चनपुरद्वारा हस्ताक्षर संकलन गरिएको छ ।’

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अध्ययनका लागि गएका बिपीन अपहरणमा परेका थिए । उनको अवस्था अझैसम्म अज्ञात छ ।

यसअघि युद्धविरामका क्रममा हमासले थाइल्यान्ड, फिलिपिन्ससहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपाली नागरिक बिपीन रिहा भएका छैनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : २२ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी