बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन  « Khabarhub

बिपीनको रिहाइ माग गर्दै महेनद्रनगरमा हस्ताक्षर संकलन 


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलमा आतंकवादी समूह हमासद्वारा बन्दी बनाइएका बिपीन जोशीको रिहाइको माग गर्दै कञ्चनपुरको महेनद्रनगरमा हस्ताक्षर संकलन गरिएको छ ।

सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको आह्वानमा बिपीनको गृहजिल्ला कञ्चनपुरमा रिहाइका लागि सरकारलाई दबाब दिन हस्ताक्षर संकलन गरिएको हो ।

‘कञ्चनपुरको भीमदत्त–३ का विद्यार्थी भाइ बिपीन जोशीको रिहाइका निमित्त अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटिको आयोजनामा वृहत् हस्ताक्षर संकलन अभियान सुरुवात भएको छ,’ एमाले कञ्चनपुरका नेता महेश पन्तले भने, ‘त्यस अन्तर्गत आज अनेरास्ववियु कञ्चनपुरद्वारा हस्ताक्षर संकलन गरिएको छ ।’

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अध्ययनका लागि गएका बिपीन अपहरणमा परेका थिए । उनको अवस्था अझैसम्म अज्ञात छ ।

यसअघि युद्धविरामका क्रममा हमासले थाइल्यान्ड, फिलिपिन्ससहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपाली नागरिक बिपीन रिहा भएका छैनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : २२ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि