नेपाल टेलिकमले सिमकोटमा पनि एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा दिने « Khabarhub

नेपाल टेलिकमले सिमकोटमा पनि एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा दिने


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुअल रूपमा सो सेवाको शुभारम्भ गरे । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पुर्‍याउने कार्यका लागि नेपाल टेलिकमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

सरकारको एक महत्त्वपूर्ण कदमको रूपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा उनले गरे ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्त्वपूर्ण दिन भएको बताउँदै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद प्रदान दिइन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताइन् ।

कर्णालीका विकट जिल्लाहरूमा समेत नेपाल टेलिकमले आफ्नो स्रोत, साधन र सम्भाव्यताका आधारमा सेवा विस्तार गरिरहेको र यस्ता स्थानमा सोलारबाट समेत सेवा सञ्चालन गरेको बताइन् । आगामी दिनमा सडक र विद्युतको पहुँचसँगै सेवाको गुणस्तरमा समेत स्तरोन्नति हुने उनले बताइन्  ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेश प्रसाद साह र दू.सं.का. सुर्खेतका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवा बारेमा जानकारी प्रदान गरेका थिए  ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ५७ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि