'उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँ' | Khabarhub Khabarhub

‘उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँ’


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवर्द्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको सोमबार वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उनले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए । 

‘सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उनीहरूका समस्या समाधान हुन सक्दैन’, मुख्यमन्त्री सिंहले भने। उनले कार्यविधि उद्योगमैत्री भएकाले प्रदेशमा उद्योग तथा व्यवसाय फस्टाउनेमा विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री सिंहले स्वदेशी उद्योगलाई सवल र समक्ष बनाउँदै स्वदेशमा उत्पादन भएको वस्तु तथा सामानलाई विदेशमा निर्यात गर्ने गरी काम गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे।

‘अहिले नेपालबाट विदेशी मुलुकमा लाखौंँ अर्धदक्ष जनशक्ति गइरहेको अवस्था छ, तर स्वदेशी उद्योगमा जनशक्ति अभाव भइरहेको छ’, उनले भने , ‘सीप सिकेका जनशक्ति नहुँदा विदेशी मुलुकबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता कायमै छ ।’

त्यस अवसरमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मधेस प्रदेशमा युवा उद्यमीले नवप्रवर्तकमार्फत उद्यमशीलताको विकास गर्नुपर्ने बताए। नेपाल उद्योग परिसङ्घ मधेस प्रदेशका अध्यक्ष प्रमोदकुमार साहले प्रदेशका युवालाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

 नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले प्रदेश आर्थिक र औद्योगिक नगरी भएकाले पनि युवा उद्यमीहरू लगनशील भएर अघि बढ्न जरुरी रहेको बताए । नेपाल उद्योग परिसङ्घ युवाउद्यमी मञ्च मधेस प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले प्रदेशका सबै खालका युवालाई समेटेर उद्यमशीलताको विकास र प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : १६ बजे

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले