‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ « Khabarhub

‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वाशिङटन डिसी– नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।

यहाँस्थित नेपाली दूतावासले आइतबार मोति जयन्तीका अवसरमा आयोजना गरेको छलफल तथा कवि गोष्ठी कार्यक्रममा सहभागी लेखक, साहित्यकार र कविहरूले विश्वभरि नेपाली भाषाको जगेर्ना, पठनीय र लेखनीय बनाउन स्रष्टाको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोराको महत्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा सहभागी वक्ता वसन्त श्रेष्ठले विगत वर्षहरूमा दूतावासले भाषा र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए।  दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले भाषाको माध्यमबाट मातृभूमिको सम्बन्ध मजबुत हुने भएकाले दोस्रो पिँढीलाई समेत नेपाली भाषा सिकाउन अनुरोध गरे।

दूतावासका उत्तम घिमिरे, साहित्यकार गण्डकी पुत्र, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले मन्तव्य राखेका थिए।

कविहरू तीर्थराज पाण्डेय, गोविन्द गिरी ‘प्रेरणा’, मधुकर अधिकारी, सुदीप भद्र खनाल, जगन्नाथ पौडेल, तारा पराजुली, अशोकनाथ तिवारी, मनोज खड्का, शरद निरौला, प्रेम सङ्ग्रौला, पुष्पा खनाल, लोक नाथ तिवारी, मञ्जु सङ्ग्रौला, नारायण अधिकारी, वासु श्रेष्ठलगायतले आ–आफनो रचना वाचन गरेका थिए । यसैगरी, डिवी राना, प्रवीन खड्का, सन्तोष शर्मा, परशु तिमिल्सेना, सीता पाण्डे र काशिनाथ न्यौपानेले पनि कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ३१ बजे

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–