सानो क्षति भएका सहकारी सदस्यहरूले घाटापूर्ति गर्नुपर्ने समितिको सुझाव  | Khabarhub Khabarhub

सानो क्षति भएका सहकारी सदस्यहरूले घाटापूर्ति गर्नुपर्ने समितिको सुझाव 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी समस्याको समाधान गर्न बनेको संसदीय छानबिन समितिले सहकारी कानूनसम्मत काम गर्दागर्दै पनि लगानी समस्यामा परे सहकारी संस्थालाई राज्यले हेर्नु पर्ने सुझाव  दिएको छ । 

समितिले सानो क्षति भएको खण्डमा सदस्यहरूले पनि दामाशाहीले घाटापूर्ति गर्नु पर्ने र बदनियतले काम गरेका कारण संस्था समस्यामा परे कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्ने सुझाव दिएको छ । 

थोरै घाटा भएको अवस्थामा शेयर सदस्यले नै घाटा पूर्ति गर्नुपर्ने समितिको ठहर छ । 

समितिको सुझावमा भनिएको छ, ‘सहकारी कानूनमा सनियतले काम गर्दागर्दै लगानी समस्यामा परेकोमा राज्यले हेर्नु पर्ने र सानो क्षति भएको खण्डमा सदस्यहरूले पनि दामाशाहीले घाटापूर्ति गर्नु पर्ने छ । बदनियतले काम गरेका कारण संस्था समस्यामा परेकोमा कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्ने गरी किटानी प्रबन्ध गरी सहकारी कानूनलाई समयानुकूल बनाउने ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ३० बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ