मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी « Khabarhub

मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाले इजरायललाई गाजामा मानवीय सहयोगको वातावरण सिर्जना गर्न ३० दिनको समय दिएर पत्र लेखेको छ।

अमेरिकाले लेखेको चेतावनी युक्त पत्रमा गाजामा मानवीय अवस्था अत्यन्त खराब भएका कारण यसलाई इजरायलले बेवास्ता गरे नीतिमा परिवर्तन हुनसक्नेसमेत जनाएको छ।

अमेरिकाले लेखेको पत्रमा इजरायलले पछिल्लो महिना उत्तर तथा दक्षिणी क्षेत्रमा नै मानवीय संवेदनाको विषयलाई बेवास्ता गरेको उल्लेख गरेको छ। इजरायली अधिकारीले सो पत्रलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्।

आइतबार अमेरिकाले प्रेषित गरेको पत्रमा यूएस सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केट र सेक्रेटरी अफ डिफेन्स लायड अस्टिनले हस्ताक्षर गरेका छन्।

चेतावनी युक्त पत्रका बाबजुद इजरायललाई अमेरिकाको सैन्य सहयोग भने यथावत नै राखेको छ। अमेरिकी रक्षा अधिकारीले सो पत्रले इजरायललाई केही असर पक्कै गर्नेछ।

तस्बिरः बीबीसी

यसअघि इजरायलले उत्तरमा हमास लक्षित आक्रमणलाई निरन्तरता दिने तथा मानवीय सहयोगको विषयमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको थियो।

सोमबार भने इजरायलले गाजमा विश्व खाद्य सङ्गठनले पठाएको ३० लरी खाद्यान्न पुगेको थियो। यसअघि चार लाख जना शरण रहेको सो स्थानमा दुई सातासम्म सहयोग पुग्न सकेको थिएन।

इजरायलको आदेशले विस्थापित १८ लाख जना अहिले अल अवासीको साँघुरो तटीय क्षेत्रमा छन्। यसले त्यहाँ सङ्क्रामक रोगको जोखिम बढी रहेको छ।

सो पत्रपछि यस वर्षको जाडो याम अघि नै गाजामा सम्पूर्ण सहयोगको वातावरण बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ६ : ३६ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस