पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक कालोपत्र गरिँदै | Khabarhub Khabarhub

पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक कालोपत्र गरिँदै


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो ।

जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक किलोमिटर चार सय मिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिए ।

उनले माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको सात दशमलब आठ किलोमिटर सडक स्तरोन्नतिसहित डीबीएसडी प्रविधिको कालोपत्र गर्न ३३ करोडमा सम्झौता भएको बताए ।

दुई लेनको सडकमा एक किलोमिटरभन्दा ढलान भइसकेको छ । छ किलोमिटर आठ सय मिट विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ ।

यसैबीच, बेनी–भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा ५० लाख विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ३९ बजे

सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार (तस्बिरहरू)

काठमाडौं– मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार–प्रसार गर्ने अन्तिम

‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुबैको भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ कमाइ बढी

काठमाडौं – गत दशैँलाई लक्षित गरी चार नेपाली फिल्म प्रदर्शनमा

आज राति १२ बजेदेखि मौन अवधि सुरु, चुनाव प्रचारमा निशेध

काठमाडौं – यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका

कोशी स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर – कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१

इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु

एजेन्सी – पश्चिमी इन्डोनेसियामा तीव्र वर्षाका कारण भएको बाढीबाट ज्यान