चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण | Khabarhub Khabarhub

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।

कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामको महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताए । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।

गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो ।

उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ९ : ३८ बजे

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

गण्डकी– नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा

सामाजिक सुरक्षा कोष र नेपाल बारबीच सम्झौता

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका