‘गौतम बुद्ध विमानस्थल दीर्घकालीनरूपमा सञ्चालन गरौँ’ « Khabarhub

‘गौतम बुद्ध विमानस्थल दीर्घकालीनरूपमा सञ्चालन गरौँ’


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।

ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले लुम्बिनी प्रदेशको बुटवलमा आज आयोजना गरेको १५औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्‌घाटन कार्यक्रमका वक्ताहरूले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन व्यवसायीले ऐक्यबद्धतासमेत जनाएका छन् ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरताका कारणले नै मुलुकका हरेक क्षेत्रमा प्रभाव पारेको बताए। उनले राजनीतिक अस्थिरताले विकास र समृद्धिका योजना ओझेलमा परेको बताउँदै वर्तमान सरकारको इच्छाशक्तिकै कारण गौतमबुद्ध विमानस्थल सञ्चालनको अवस्थामा पुगेको बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पर्यटकीय गन्तव्यको व्यवसाय प्रवर्द्धनका लागि यात्रुलाई विभिन्न सुविधाका प्याकेज बनाएर दिनुपर्ने बताए। उनले हवाइ सेवामा पहिलो प्राथमिकता यात्रुको सुरक्षा हुने भएकाले गौतमबुद्ध विमानस्थलको अधिकतम सुरक्षाका लागि ‘आइएलएस लोयर भिजिविलिटी’ परीक्षण गर्न एयरलाइन्सलाई अनुरोध गरिएको जानकारी दिए ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गण्डकी प्रदेशका सबै पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने बताए। उनले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित भएमा लुम्बिनी प्रदेश मात्रै नभएर सिङ्गो देशलाई फाइदा पुग्ने बताए । 

सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सुदूरपश्चिम र कर्णालीको लागि भैरहवा सबैभन्दा पायक पर्ने बताए। नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले गौतम बुद्ध विमानस्थल भइरहेको उडानलाई नियमित गराउन पर्ने बताए।

नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले वर्तमान समयमा विमानस्थलको सञ्चालनले नयाँ आशा जगाएको बताउँदै यस अवसरलाई सकारात्मक ढङ्गले लिएर अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ६ : ५६ बजे

कांग्रेसले सरकारलाई भन्यो : आयोगले नाम तोकेकालाई राजनीतिक संरक्षण होइन, कारबाही गरियोस्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले बुधबार

अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित : परराष्ट्रमन्त्री

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक

ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरान क्रुद्ध

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि

शान्ति वार्ताअघि लेबनानमा इजरायलको हवाई हमला, साइडनमा तीन जनाको मृत्यु

काठमाडौं- लेबनानमा इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । दक्षिणी

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा