एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको कार्यविभाजन गरिने | Khabarhub Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको कार्यविभाजन गरिने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा आज अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने छन् । आइतबारसम्म स्थायी कमिटीका सबै सदस्यहरूले धारणा राखिसकेका छन् ।

आजको बैठकमा नेताहरुको कार्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुङ्गाउने तयारी रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : १० बजे

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

म्याग्दी– सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

अर्थसहित संसद्का ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै छ ।

कोशी र गण्डकी प्रदेशमा मौसम बदली हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी

एमालेको टिप्पणी- विपक्षी सरकारविरुद्ध झुटको खेतीमा लागेको छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र लगायत प्रतिपक्षीले

ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल

न्युयोर्क – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग