काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा | Khabarhub Khabarhub

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पहिलो मेयर) प्रेमलाल (पीएल) सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि आन्द्राको समस्याबाट पीडित सिंहको आज बिहान आफ्नै निवास चाक्सीबारीमा निधन भएको हो । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनको पार्थिव शरीर बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने छ ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

जनसंख्यामन्त्री समेत भएका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनलाई गणेशमानको धर्मपुत्रको रुपमा पनि चिन्ने गरिन्छ ।

यसैबीच, काठमाडौं महानगरपालिका (कामपा)ले पूर्वमेयर सिंहको निधनमा आज शोक बिदा दिएको छ ।

कामपाका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्वमेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

२०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २८ बजे

धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट

सुर्खेत- सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौंबाट गएको

सत्तारूढ सांसद अनुपस्थित भएपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं– अन्तिम समयमा आएर अर्थ समितिको बैठक स्थगित भएको छ

मदन भण्डारीका नाममा केपी ओली-वामदेव दोहोरी, उत्रिए आरोप-प्रत्यारोपमा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष वामदेव

रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान 

काठमाडौं– अहिले पुसको चिसो छ । यो चिसोमा गाउँघरतिर आगो

कालीकोट दुर्गम पलाँतामा टेलिकमको टावर

मान्म – कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा