कर्णालीले ६ विकेट गुमायो : गुल्सन झा रनआउट « Khabarhub

कर्णालीले ६ विकेट गुमायो : गुल्सन झा रनआउट

१६ औं ओभरमा दीपेन्द्रले लिए बोसिस्टोको विकेट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले ६ विकेट गुमाएको छ। १६.२ औं ओभरको समाप्तिमा कर्णालीले ६ विकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ।

१६.२ बलमा कर्णालीले गुल्सन झालाई गुमाएको हो। झा २ बलमा दुई रन बनाएर आउट भएका हुन्।

१५.५ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका विलियम बोसिस्टोको विकेट लिएका हुन्। बोसिस्टो २४ बलमा १६ रन बनाएर आउट भएका हुन्।

कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको हो। वाल्टन ८.३ ओभरमा सैफ जैबको बलमा एलबिडब्लु आउट भएका हुन्।

कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो। १२ बलको सामना गर्दै सात रन बनाएका खनाल रनआउट भएका हुन्।

तस्बिर : चिरायु शाक्य

यसअघि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको थियो।

सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका थिए। पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको कर्णालीले दोस्रो विकेटका रुपमा बाबर हायतलाई ९ बलमा १३ रन बनाउँदा गुमाएको हो। कर्णालीका लागि दोस्रो विकेट स्कट कुग्गेलिजनले लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : २३ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम