एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो « Khabarhub

एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान  विवादबारे परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

गुरुङले एमालेलाई कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित जग्गा दान दिएपछि परेको रिटमा सर्वोच्च अदालतले सोमबार सुनुवाइपछि खारेज गर्ने निर्णय सुनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइपछि रिट खारेज हुने आदेश आएको हो ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिट खारेज भएसँगै अब कीर्तिपुर नगरपालिकास्थित मीनबहादुरले दिएको दाने जग्गामा एमालेको केन्द्रीय कार्यालय भवन बन्ने बाटो खुलेको छ ।

यसअघि कात्तिक १२ गते सर्वोच्च अदालतले एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी गुरुङले कीर्तिपुर नगरपालिकास्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएसँगै मीनबहादुरको दाने जग्गामा भवन निर्माण रोकिएको थियो ।

त्यसयता पटक पटक पेशी सार्दै अल्झाएको सर्वोच्चले सोमबार अन्तत: आदेश सार्वजनिक गर्दै एमाले र मीनबहादुर दुवैलाई राहत दिएको हो ।

अल्पकालीन अन्तरिम आदेशका क्रममा लागि सर्वोच्चले रिट निवेदक तथा विपक्षी एमाले र मीनबहादुरलाई पनि छलफलका लागि झिकाएको थियो । दुवै पक्षसँग छलफल सकिसकेपछि सर्वोच्चले रिट नै खारेज गरिदिएको हो ।

सुरुमा उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर त्यसपछि न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।

कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैँको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका थिए ।

त्यहाँ ओलीसहितका एमाले नेताको उपस्थितिमा कार्यालय भवन शिलान्यास पनि भइसकेको छ । तर उक्त जग्गालाई लिएर एमाले नेतृत्वको चर्को आलोचना भएको थियो ।

आदेश

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ०३ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग