सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यस्ता छन् सरकारका अरु निर्णय | Khabarhub Khabarhub

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यस्ता छन् सरकारका अरु निर्णय


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको बताए ।

केन्द्रलाई व्यवस्थित रुपमा परिचालन गर्न ध्यान केन्द्रित गर्ने र अन्त:शुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोटसमेत छाप्ने काम केन्द्रबाट अघि बढाउने उनले बताए ।

त्यस्तै बैठकले एसियाली बिकास बैंकबाट हरित, उत्थानशील र समावेशी बिकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको उनले बताए ।

बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइ क्षेत्रको बिकाससम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ । त्यस्तै राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

मन्त्रिपरिषदले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगीतामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोसहित ३५ जनालाई पुरस्कार तथा सम्मानका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ३० बजे

पश्मिना उद्योग नेपालको पहिचान हो : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग

आजका समाचार : भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि कारबाही, सरकार भ्रष्टाचारीको बचाउमा लागेको आरोप र लस एन्जलसमा फेरि फैलियो आगो

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेसराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

बलात्कारपछि हत्याको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

एजेन्सी – भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र

दक्षिण एसियाली महिला कलाकारको कला प्रदर्शनी माघ १२ देखि, कलाकारहरू काठमाडौंमा

काठमाडौं – दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि