सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यस्ता छन् सरकारका अरु निर्णय « Khabarhub

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यस्ता छन् सरकारका अरु निर्णय


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको बताए ।

केन्द्रलाई व्यवस्थित रुपमा परिचालन गर्न ध्यान केन्द्रित गर्ने र अन्त:शुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोटसमेत छाप्ने काम केन्द्रबाट अघि बढाउने उनले बताए ।

त्यस्तै बैठकले एसियाली बिकास बैंकबाट हरित, उत्थानशील र समावेशी बिकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको उनले बताए ।

बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइ क्षेत्रको बिकाससम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ । त्यस्तै राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

मन्त्रिपरिषदले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगीतामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोसहित ३५ जनालाई पुरस्कार तथा सम्मानका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ३० बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय