अर्थसंक्षेप : निराशाजनक विकास खर्च, ५१ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : निराशाजनक विकास खर्च, ५१ अंकले घट्यो नेप्से


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिनाको विकास खर्च निराशाजनक देखिएको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा नेप्से ५० अंक बढीले घटेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा २० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार वैदेशिक लगानीको सुरक्षामा प्रतिबद्ध भएको बताएका छन् ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचार :

निराशाजनक विकास खर्च : ५ महिनामा १२ प्रतिशत पनि पुगेन

असार ३० गते गठित दुईतिहाइ नजिकको शक्तिशाली सरकार पनि विकास खर्चलाई गति दिन असफल भएको छ ।

अघिल्ला वर्षहरूमा जस्तै चालु आर्थिक वर्षमा पनि सरकारले विकास खर्च बढाउन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले विकास खर्च १२ प्रतिशत पनि पुर्‍याउन नसकेको हो ।

कार्यालयकाअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा लक्ष्यको जम्मा ११.५८ प्रतिशत मात्रै पुँजीगत अथवा विकास खर्च गरेको छ । चालु आर्थिक वर्षको बजेटमा संघीय सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो ।

पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, लगानीकर्ताको प्राथमिकतामा पर्यटन क्षेत्र

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा झण्डै २२ अर्बको विदेशी लगानी प्रतिबद्धता थप भएको छ । उद्योग विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ३१९ वटा विभिन्न उद्योगहरूमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागकाअनुसार चालु आर्थिक वर्षमा आएको कुल लगानी प्रतिबद्धतामध्ये १३८ वटा विभिन्न उद्योगले अटोमेटिक प्रणालीबाट लगानीको स्वीकृति लिएका छन् भने १८१ वटा विभिन्न उद्योगले नियमित प्रकृयाबाट लगानी स्वीकृति लिएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आएको लगानी प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रको लागि आएको छ ।

१४५ वटा उद्योग पर्यटन क्षेत्रमा, १०६ वटा उद्योग सूचना तथा प्रविधि क्षेत्रमा, ४० वटा उद्योग सेवा क्षेत्रमा, २२ वटा उद्योग उत्पादन क्षेत्र र ५ वटा उद्योगले कृषि क्षेत्रको लागि लगानी प्रतिबद्धता जनाएका छन् । संख्यात्मक रूपमा जस्तै लगानी प्रतिबद्धताको हिसाबले पनि पर्यटन क्षेत्रमा नै सबैभन्दा धेरै ६२ प्रतिशत अर्थात् १२ अर्ब ७६ करोड ६५ लाख ५९ हजार रूपैयाँ बराबरको आएको छ । त्यस्तै, सेवा क्षेत्रमा दोस्रो धेरै ४ अर्ब ८३ करोड बराबरको लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ ।

विभागकाअनुसार नेपालमा सुरुवातदेखि हालसम्म ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने ३ लाख ३७ हजार ५१४ जनालाई रोजगारी दिने ती कम्पनीले उल्लेख गरेका छन् ।

वैदेशिक लगानीको सुरक्षामा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहेका मन्त्री भण्डारीले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास कोरिया र कोरिया नेपाल इन्टरनेसनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गदै यस्तो बताएका हुन् ।

‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ । ढुक्कका साथ लगानी गर्न कोरियन लगानीकर्तालाई म आग्रह गर्दछु’, मन्त्री भण्डारीले भने। उनी कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गरेका थिए ।

५१ अंकले घट्यो नेप्से

सोमबार शेयर बजारमा पहिरो गएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५१.३७ अंकले घटेको हो ।

आज नेप्से १.९१ प्रतिशतले घटेर १६३०.९१ विन्दुमा पुगेको छ । नेप्से घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार बराबरको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०४ वटा कम्पनी कारोबारमा आउँदा ६७ हजार ६४८ पटक शेयर किनबेच भएको छ ।

माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ ।

भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत्गृहबाट माथिल्लो तटीय क्षेत्रमापर्ने सोही गाउँपालिका– २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ ।

सुनको मूल्य बढ्यो
नेपाली बजारमा आज प्रतितोला सुन चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५१ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

नेपालको जलविद्युतमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले नेपालमा ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ३५ बजे

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

सप्तरी – सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं – नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ

आजका समाचार : १ अर्ब ५१ करोड बिगोसहित रविविरुद्ध तीन मुद्दा, एमालेलाई सर्वोच्चको राहत, हारे पनि प्लेअफमा कर्णाली

एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो