माथिल्लो म्याग्दी खोला आयोजना बनाउन वित्तीय व्यवस्थापन, पाँच बैंकले लगानी गर्ने « Khabarhub

माथिल्लो म्याग्दी खोला आयोजना बनाउन वित्तीय व्यवस्थापन, पाँच बैंकले लगानी गर्ने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन सम्झौता भएको छ । प्रवर्धक हाइड्रो इम्पायर प्रालि र सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरतामा पाँच बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिका-४ मा निर्माण गरिने आयोजनाको प्रस्तावित उत्पादन क्षमता ३७ मेगावाट हो । आयोजनाको कुल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । बैंकहरूलाई तिर्नुपर्ने ब्याजसमेत जोड्दा आयोजना बनाउन सात अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लाग्ने प्रक्षेपण छ ।

अनुमानित लागतमध्ये सिद्धार्थ बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले ब्याज बाहेक पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने भएका हुन्‌ ।

वित्तीय व्यवस्थापन सम्झौतापत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष काजी लामा तथा अगुवा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरे ।

आयोजनाको ऋण तिर्ने अवधि (पे ब्याक पिरियड) १२ अर्ब रहेको प्रवर्धकले जनाएको छ । आयोजनाबाट वार्षिक २१५.७१४ गिगावाट घन्टा (हिउँदमा ६७.२३ गिगावाट घन्टा र बर्खामा १४८.४८६ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुनेछ ।

उत्पादित विद्युत् विद्युत गृहदेखि १० किलोमिटर दूरीको १३२ केभी सिङ्गल सर्किट प्रसारणलाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर केन्द्रीय प्रणालीमा जोड्ने योजना छ ।

वित्तीय व्यवस्थापनसम्बन्धी हस्ताक्षर कार्यक्रममा आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उदयकान्त झाले वित्तीय व्यवस्थापन कुनै पनि आयोजनाको यात्राको एउटा कोशेढुङ्गा भएको बताए ।

सिद्धार्थ बैंकका सीईओ कँडेलले आयोजना समय र लागतभित्रै पूरा गर्न कम्पनी व्यवस्थापन प्रतिबद्धताका साथ लाग्नुपर्ने धारणा राखे । निर्माण प्रभावकारी तरिकाले सम्पन्न गर्नु महत्त्वपूर्ण जिम्मेवारी भएको बताउँदै उनले लगानी परिचालनका सन्दर्भमा आफूहरु प्रतिबद्ध भएर आयोजनाको सहयोगी बन्ने बताए ।

कार्यक्रममा आयोजनाका अध्यक्ष काजी लामाले परियोजनाको वित्तीय व्यवस्थापनले सामूहिक प्रतिबद्धतालाई नयाँ उचाइमा पुर्‍याउने बताउँदै भने, ‘यसलाई अन्तिम गन्तव्य नठानी यात्रा सुरु भएकाले अब हामी सबैले अझ बढी परिश्रम, नवीन सोच, र सहकार्यकासाथ यस परियोजनालाई सफलताको नयाँ शिखरमा पुर्‍याउन प्रतिबद्ध रहनुपर्छ ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : ५० बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र