एएफसी एसियन कप : ओमानविरुद्ध साउदी अरेबियाको पुनरागमन जित « Khabarhub

एएफसी एसियन कप : ओमानविरुद्ध साउदी अरेबियाको पुनरागमन जित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा ओमानविरुद्ध साउदी अरेबियाले पुनरागमन जित निकालेको छ ।

गएराति भएको समूह ‘एफ’को पहिलो खेलमा ओमानलाई २Þ–१ गोलले हराउँदै साउदीले संघर्षपूर्ण जित निकालेको हो ।

साउदी अरेबियाका लागि अब्दुरहमान घारीव र अली अल बोलाहीले एक–एक गोल गरेका थिए । ओमानका अल यहयाइले एक गोल गरेका थिए ।

खेलको १४औँ मिनेटमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा ओमान पराजित हुन पुग्यो ।

खेलको ७८औँ मिनेटमा घारीवले गोल गर्दै ओमानसँग १–१ गोलको बराबरी गरेका थिए । त्यसपछि इन्जुरी समयमा बोहालीले गोल गर्दै साउदीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै साउदी अरेबियाले पहिलो खेलबाट ३ अंक जोडेको छ । शीर्षस्थानको थाइल्याण्डको पनि ३ अंक नै छ । पराजित भएको ओमान अंकविहीन छ ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै