शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष नेपाल


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताएका छन् ।

पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिए । उनले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गरे ।

समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उनले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्‍याउने दृष्टिकोण रहेको प्रष्ट पारे ।

जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : १८ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको