शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

शिक्षा र स्वास्थ्य नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष नेपाल


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताएका छन् ।

पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिए । उनले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गरे ।

समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उनले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पुर्‍याउने दृष्टिकोण रहेको प्रष्ट पारे ।

जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : १८ बजे

यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतिको काम धमाधम भइरहेको छ ।

रञ्जिताले दिइन् शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं–  नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

जेरुसलेम- इजरायली सेनाले आइतबार गाजाका ठूलो जनसङ्ख्या भएका तीन क्षेत्रमा

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल

युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप जारी

साम्राओङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल