आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन ५ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १७ तारिख। माग कृष्ण पक्षको भिष्म अष्टमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दैनिकी राम्रो छ। गुमेको धन फिर्ता हुनेछ। मित्रले सहयोग गर्नेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ।

वृष : सञ्चित धनको खर्च हुनसक्छ। धेरै बोल्ने साथीको बहुमत भए पनि तपाईंले न्याय पाउने योग छ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति गर्न अल्छीपनलाई त्याग्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा भने फाइदा हुनेछ। गुरुको साथ मिल्नेछ भने परिवारको सहयोग मिल्नेछ।

कर्कट : दैनिकी सामान्य छ। झुटा आरोप लाग्न सक्छन्। वादविवाद हुनसक्छ। पिपलमा पानी चढाएमा धेरै समस्याको समाधान हुनेछ। परिवारमा सुख, शान्ति, साथ र सहयोग रहनेछ।

सिंह : दैनिकी राम्रो छ। अधुरा काम बन्ने योग छ। शिक्षामा लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्ने जोखिम देखिन्छ।

कन्या : दिन राम्रो छ। आर्थिक लाभ हुने योग छ। सामाजिक क्षेत्रमा मन जानेछ। धार्मिक क्षेत्रको घुमघाम हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : समय राम्रो छ। अपेक्षा नगरेको क्षेत्रबाट साथ र सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। दुई पाङ्गे्र साधनमा लामो यात्रा नगर्नु राम्रो हुनेछ। समाजसेवाको अवसर जुट्ने देखिन्छ।

वृश्चिक : १० वटा राम्रा कामलाई लुकाएर एउटा गलत कामको पर्खाइमा समाज सक्रिय छ। शनिलाई सन्तुष्ट पार्न पिपलमा पानी चढाउनुपर्ने देखिन्छ। दाजुभाइको तर्फबाट सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। समस्याको समाधान आफै हुनेछ। शिक्षामा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। लगानीका क्षेत्र खोज्दा स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

मकर : आरोपको सामना गर्नुपर्ने हुनसक्छ। शनिदेवलाई खुशी पार्न पिपलको दर्शन गरे सबै काम बन्नेछन्। बन्धुबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। समय नबुझ्दा रोगले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। वैदेशिक लगानीमा ठगबाट सचेत बन्नुपर्छ। परिवारको साथ र सहयोग राम्रो हुनेछ।

मीन : दिन राम्रो छ। आर्थिक लाभ र सामाजिक सम्मान हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ। समय राम्रो काममा खर्च हुनेछ। परोपकार गर्नुले फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : २४ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो