आज २०८० साल चैत ४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ४ गते आइतबारको राशिफल


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ४ गते आइतबार तदनुसार सन् २०२४ मार्च १७ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ । समयको सदुपयोग गर्नु राम्रो हुन्छ । मनमा शान्ति मिल्नेछ । साथीले सहयोग गर्नेछन् । अन्यायमा परेकालाई सहयोग गर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । तपाईंलाई लगानीको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ । परिवारिक सम्बन्धबाट साथ र सहयोग निरन्तर रहनेछ ।

मिथुन : समय राम्रो छ । धर्म र अर्थको क्षेत्रमा उत्साह बढ्नेछ । देशभित्र अवसरको सिर्जना हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेमममा खुशी मिल्नेछ ।

कर्कट : दिन सामान्य छ । परिवारले शंका गर्ने दिन छ । लगानी गर्दा सचेत बन्नुपर्ने दिन छ । मिठा कुरा गरेर आफूलाई बदनाम गर्नेसँग सचेत हुनुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने अपेक्षा गर्न सकिन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

सिंह : आजको समय राम्रो छ । लगानीका क्षेत्रबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक लगानीबाट फाइदा हुन्छ । परिवारले मर्म नबुझ्दा मनमुटाव हुनसक्छ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।

कन्या : समय राम्रो छ । अपेक्षा नगरेको आम्दानी हुनसक्छ । यात्रा गर्नुभए सफल र रमाइलो हुनेछ । परिवारको माया पाइने छ । प्रेममा हुनुहुन्छ भने सम्बन्ध सफल बन्नेछ । स्वदेशमै काम गर्ने अवसर मिल्नेछ ।

तुला : दिन राम्रो छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : आजको समय राम्रो छ । एउटा गलत काम खोज्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत हुनु राम्रो हुन्छ । मातापिताको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु :  दैनिकी राम्रो छ । ठुलो उद्योगमा लगानी गर्नु फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक यात्रा गर्ने योग रहेको छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । साथीको माया मिल्नेछ ।

मकर : दिन राम्रो छ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । समाज सेवा गर्ने अवसर मिल्नेछ । सोचेको काम भने अधुरो बन्ने देखिन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने जोखिम छ ।

कुम्भ : दिन सामान्य राम्रो छ । अचानक अप्रिय शब्द सुन्नुपर्ने हुनसक्छ । मानसिक चिन्ताले सताए पनि धार्मिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : समय राम्रो छ । श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा देखिएका समस्याको सुधार हुनेछ । सामाजिक क्षेत्रमा विरोधको आवाज सुन्नुपर्नेछ । आम्दानी भन्दा खर्च बढी हुने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : ०५ बजे

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस