‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा व्यापार सङ्घले सघाउने « Khabarhub

‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा व्यापार सङ्घले सघाउने


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी–  तिलोत्तमा व्यापार सङ्घले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ । उद्योगी–व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्ययोजनाअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिकाको अभियानमा व्यापार सङ्घले सघाउने छ भने  सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ ।

सङ्घमा आबद्ध सदस्यहरूको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, व्यवसायमुखी तालिम गराई दक्ष व्यवसायी बनाउन सघाउने, तिलोत्तमा महोत्सव–२०८१ भव्यरूपमा सम्पन्न गर्ने, छिमेकी समकक्षी सङ्घसंस्थासँग भगिनी सम्बन्ध कायम गर्ने, ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानलाई सार्थक नगरपालिकासँग सहकार्य गरी अगाडि बढाउने, सचिवालय भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि सबै पक्षसँग छलफल एवं संवाद गरी प्राप्त जग्गामा सचिवालय भवन बनाउने विषय समेटिएका छन् ।

विभिन्न अस्पतालसँग सहकार्य गरी उपचारमा छुटको व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थासँग उद्योगी–व्यवसायी सदस्यलाई वित्तीयसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, महिला उद्यमीका लागि तालिम गोष्ठी गर्नेलगायतका योजना पनि कार्यशालाले तय गरेको छ । कार्यशालाले बनाएका योजना कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँटसमेत गरिएको सङ्घका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्ययोजना निर्माणमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले सहजीकरण गरेका थिए । त्यस अवसरमा सङ्घका संस्थापक अध्यक्ष जेपी कँडेल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल, महासचिव चेतनारायण विश्वकर्मा, कार्यक्रम संयोजक ताराप्रसाद नेपाललगायतले कार्ययोजनालाई कार्यान्वयन गरी सङ्घलाई सुदृढ व्यावसायिक संस्थाका रूपमा विकास गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ५५ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई