सुरक्षाकर्मीबाट आगो निभाउने संयुक्त अभ्यास « Khabarhub

सुरक्षाकर्मीबाट आगो निभाउने संयुक्त अभ्यास


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् ।

डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् ।

गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेका हुन् । उनीहरूले अग्निरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायबारे स्थानीय बासिन्दालाई सहभागी गराएर अभ्यास  गरेका थिए ।

आगो निभाउन सबैको सहयोग तथा सहकार्य आवश्यक हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

उनले वनमा जानाजान आगो लगाउनेलाई कानुनले १२ वर्षसम्म कैदको सजाय तोकेको जानकारी दिँदै त्यसो गरेको पाइएमा प्रहरीले कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिए ।

हिउँदमा हुनसक्ने वन डढेलो तथा आगलागीका घटनालाई नियन्त्रण गर्न सप्ताहव्यापी अग्नि नियन्त्रण अभियान सुरु गरिएको वन कार्यालयका प्रमुख पशुपति दाहालले जानकारी दिए ।

अभ्यासमा सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय वन उपभोक्ता समिति, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आगलागी नियन्त्रणमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : १० बजे

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी

बागमती प्रदेश : छ महिनामा १७ अर्ब ४३ करोड राजस्व संकलन

बागमती– चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा