कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन « Khabarhub

कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ रुपैयाँ भेटी संकलन भएको बताए। जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम संकलन भएको हो ।

फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय रुपैयाँ, चामल बिक्रीबाट ५४ हजार नौ सय रुपैयाँ, बोकाबाट एक लाख ३० हजार छ सय रुपैयाँ, कुखुराबाट सात हजार दुई सय रुपैयाँ प्राप्त भएको छ ।

साथै राँगाबाट दुई हजार रुपैयाँ, भाडा तीन लाख १४ हजार चार सय रुपैयाँ, विवाहबाट १० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग तीन लाख ४२ हजार चार सय ८५ रुपैयाँ, परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्ध नौ सय रुपैयाँ, पण्डितबाट १२ हजार दुई सय रुपैयाँ संकलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० रुपैयाँ खर्च भएको छ । फागुनमा सात लाख ७४ हजार छ सय ४५ रुपैयाँ बचत भएको समितिले जनाएको छ ।

यस्तै तलब तीन लाख ९७ हजार आठ सय रुपैयाँ, विद्युत् महसुल ५२ हजार आठ सय रुपैयाँ, अतिथि सत्कारमा  ६७ हजार रुपैयाँ खर्च भएको छ ।

साथै आर्थिक सहयोग १५ हजार रुपैयाँ, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार रुपैयाँ, पोसाक तथा छपाइमा २१ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ५४ हजार रुपैयाँ, विज्ञापनमा तीन हजार रुपैयाँ र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय रुपैयाँ खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।

समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैँ मेला आयोजना गर्दै आएको छ । यस पटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : २० बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत