अन्तर्राष्ट्रिय ‘दबाब’का बीच रफामा सेना जाने इजराइली प्रधानमन्त्रीको भनाइ « Khabarhub

अन्तर्राष्ट्रिय ‘दबाब’का बीच रफामा सेना जाने इजराइली प्रधानमन्त्रीको भनाइ


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार  बताएका छन् । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।

‘हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न र गाजाबाट इजराइलविरुद्ध खतरा सिर्जना नहोस् भन्ने सुनिश्चित गर्न कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्य साकार गर्नबाट रोक्न सक्तैन’, नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा जारी गरेको भिडियोमा भने, ‘यस्तो गर्नका लागि हामी रफामा पनि काम गर्नेछौँ ।’

कतारको राजधानी दोहामा गाजामा युद्धविरामको दिशामा पुनः वार्ता सुरु हुने अपेक्षा गरिएको बेला उनको यस्तो टिप्पणी आएको हो । गाजामा इजराइलले पाँच महिनाभन्दा बढी समयदेखि हमास लडाकूविरुद्ध सैन्य अभियान सञ्चालन गरेको छ ।

नेतान्याहुले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्ने तयारी गर्नुभएको थियो । भेटमा सोल्सले रफामा स्थल आक्रमणविरुद्ध आफ्नो चेतावनी दोहोर्याउने अपेक्षा गरिएको थियो । रफामा अधिकांश गाजाबासीले लगातारको इजराइली आक्रमणबाट शरण मागेका छन् ।

गाजा युद्धमा इजराइलको समर्थन गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वसनीय नागरिक सुरक्षा योजनाबिना रफामा गरिने आक्रमणले इजराइल ‘वार्ताबाट भागेको’ हुने बताए ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घेब्रेयससले शुक्रबार ‘मानवताको नाममा’ इजराइलसँग रफामा आक्रमण नगर्न आग्रह गरेका थिए ।

नेतान्याहुले रफामा अपरेसनका लागि सेनाको योजनालाई अनुमति दिनुभएको उहाँको कार्यालयले शुक्रबार बताएको थियो । यद्यपि आक्रमणका लागि कुनै समयतालिका दिइएको छैन ।

रफा गाजामा अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र हो । यहाँ अहिलेसम्म युद्धमा स्थल आक्रमण भएको छैन । दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि युद्ध सुरु भएको थियो ।
–––

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ३८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल