घरबाट साङ्ला कसरी भगाउने ? « Khabarhub

घरबाट साङ्ला कसरी भगाउने ?


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


34.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई साङ्ग्ला घिनलाग्दा लाग्छन् भने धेरै महिला त योसँग डराउनेसमेत गर्दछन् । साङ्ग्लाले खाना, कपडा लगायत कोठाका धेरै सामग्रीमा क्षति पुर्‍याउँछ ।

साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता समेत उच्च हुन्छ । साथै यसलाई सजिलै मार्न पनि सकिँदैन । किनभने यसको टाउको छिनाइयो भनेसमेत केही दिनसम्म यो जीवित रहन सक्छ । यो प्राय: भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केही घरेलु विधि पनि अपनाउन सकिन्छ ।

यी उपायहरू अपनाउनु होस् : 

१. साङ्ला भगाउने पहिलो उपाय हो यसलाई अनुकूल नहुने गरी घरको सरसफाइ गर्नु । किनभने सफा र उज्यालो स्थान साङ्लालाई अनुकूल हुँदैन ।

२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिसेर बनाइएको पेस्टलाई पानीमा मिसाएर घोल तयार पार्ने । उक्त घोललाई एउटा बोतलमा राखेर साङला बस्ने कुना काप्चामा नियमित छर्कने गरेमा केही समयमै साङ्लाको समस्याबाट राहत मिल्दछ ।

३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्ने । यसको छेवैमा थोरै पानी पनि राखिदिने । सोडा खाएपछि यसले पानी पिउँछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसकालागि कुनै पनि साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यमबाट साङ्ला बस्ने ठाउँमा छर्कनुपर्छ ।

बजारमा पाउने औषधिहरू

–  लक्ष्मण रेखा हामी सबैलाई थाहा छ यो साङ्ला मार्ने उत्कृष्ट उत्पादन हो । यो सेतो प्याकेटभित्र चक हुन्छ । चकले धर्को घरको ठाउँ ठाउँमा कोर्ने र साङ्लाले त्यो धर्को नाघेमा मर्छन् ।

– बजारमा पाइने एन्टिरोच जेल साङ्ला भगाउने प्रभावकारी सामग्री हो ।  यसमा साङ्लालाई आकर्षित गर्ने तरलता भएकोले यसको सेवनले साङला मर्छन् ।  यो औषधि प्रयोग गर्न पनि सजिलो छ  । भान्सादेखि घरको  कुनाकाप्चा नछोडी यो झोल १०-२० थोपा राख्दिनुपर्छ ।

– रेड हिट कक्रोच किलर स्प्रेलेको प्रयोगले पनि साङला हटाउन सकिन्छ ।

– मोर्टिनको खुबीले घरभित्र साङ्लो मात्र नभई अन्य लामखुट्टे र कीराहरू पनि मार्न सक्छ । यसलाई बोतल एक छिन हल्लाएर साङ्ला भएको ठाउँमा छर्किनुपर्छ ।

– अर्को बेगन स्प्रेकाे पनि प्रयोग गर्न सकिन्छ । यसबाट निस्किने जेलले साङ्लालाई आफूतर्फ आकर्षित गर्छ र त्यसलाई खान बाध्य बनाइ  साङ्ला मर्छ ।

तर यसमा भएको केमिकल कडा हुने भएकाले छाला, आँखा र कपडामा पार्नु हुँदैन । त्यसैले, स्प्रे छर्किँदा सावधानी अपनाउनुपर्छ । त्यस्तै, घरपालुवा जनावर, बोटबिरुवा र भाँडामा पनि पर्न दिनुहुँदैन ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १२ : २६ बजे

एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन

​​​​​​​काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको अन्तिम तयारी

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु

म्याग्दी– म्याग्दी सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि