कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ? | Khabarhub Khabarhub

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

प्रचण्ड र कृष्ण सिटौलाको टेलिफोन सम्वादमा के भयो ?


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो । त्यसअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा तीनबुँदे सम्झौताको मस्यौदासमेत तयार भइसकेको थियो । तर, सहमतिको मस्यौदासमेत बनिसकेर पनि परिस्थिति कसरी एकाएक भड्कियो ।

यसको भित्रीकथा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परिवारको भनाइ जस्ताको त्यस्तै सुनौं–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग भएको मेरो बसाइमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुप¥यो, त्यसका लागि वातावरण बनाउन पर्यो भन्ने उहाँहरु (रास्वपा) को प्रस्ताव थियो ।

मैले उहाँ (रवि) ले संसदमा बोल्दै गर्दा कम्तिमा सहकारीको सन्दर्भमा प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको एजेन्डाका बारेमा छानबिन समिति बनाउने कुराको सन्दर्भमा केही न केही समझदारी गर्नुपर्छ, समझदारीपछि मात्रै संसद्मा बोल्न दिन सकिन्छ भन्ने कुरा राखेको थिएँ ।

त्यसो भइसकेपछि एउटा सामान्य ड्राफ्ट त्यहाँ तयार भयो। छलफलमा म पनि सहभागी छु। छलफलमा मैले के कुरा पनि भनेको छु भने यो तयार पारेको डकुमेन्ट तपाईंहरुको हो, मेरो पार्टीले यसलाई पूर्णरुपमा स्वीकार नगर्न सक्छ । यो डकुमेन्ट म मेरो पार्टीमा पठाउँछु, त्यहाँ छलफल हुन्छ । यो तपाईंले सहमति गरेको डकुमेन्ट हो भनेर मैले बालुवाटारमा नै भनेर संसदमा आएको थिएँ ।

रास्वपाका तीन बुँदाहरु के के थिए भन्नेबारे तपाईंहरु सबै सुसूचित नै हुनुहुन्छ । बालुवाटारको बैठकमा के कुरा भयो भन्नेबारे एकपटक म भन्न चाहन्छु ।

एक– सहकारी संस्थाहरुमा देखिएको संकटको समाधानार्थ संसदीय छानविन समिति बनाउने ।

दुई– विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरुले उठाउनुभएका सहकारी बचतकर्ताहरुको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानूनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने ।

र, तीन– अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कार्वाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।

पहिले हामीले दुई बुँदामात्र लेखेका थियौँ, पछि उहाँहरुले एउटा बुँदा थप्नुभयो । उहाँहरुलाई दुईटा बुँदामा ‘कम्फर्टेबल’ भएन । नभइसकेपछि तीनवटा बुँदा बनाउनुभयो ।

यो ड्राफ्ट बनाएको कुरा मैले आफ्नो पार्टीमा पनि पठाएँ। मेरो पार्टीमा छलफल भयो । नेपाली कांग्रेस पार्टीले फेरि अर्को तीन बुँदा तयार पारेको छ । भएको यथार्थ यही हो ।

तीनबुँदा सर्वस्वीकार्य छैन, त्यसमा केही संशोधन आवश्यक छ । त्यसैले गर्दा हाम्रो प्रस्ताव यस्तो छ भनेर हामीले हिजो सार्वजनिक गर्‍यौँ ।

नेपाली कांग्रेसले तयार पारेको अर्को तीनबुँदे

संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य विपक्षी दलहरुले सहकारीमा बचतकर्ताबाट जम्मा गरिएको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको विषयमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने समेतको संलग्नता रहेको भन्ने विषय उठाइरहेको सन्दर्भमा देहाय बमोजिम गर्न संसदीय छानविन समिति गठन गर्ने ।

एक– सहकारी संस्थाहरुमा देखिएको संकटको समाधानार्थ सिफारिस गर्ने ।

दुई– सहकारी बचतकर्ताहरुको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी सम्बन्धमा मौजुदा कानूनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्दै संकटग्रस्त सहकारीका वचतकर्ताको वचत रकमको सुरक्षा गर्न र जोखिममा रहेको तथा डुबेको बचत अविलम्ब फिर्ता गर्न आवश्यक उपायसहित सुझाव दिने ।

र, तीन– सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी सहकारी लगायतका संस्थाबाट अनुचित लाभ लिने एवं सहकारी ऐन विपरित कार्य गर्ने वा कार्य गर्न मद्दत पु¥याउने व्यक्ति र गोरखा मिडिया नेटवर्क प्रा.लि. जस्ता कम्पनीका प्रबन्धनिर्देशक रहेका रवि लामिछाने लगायत शेयरधनी एवं सञ्चालक समेतका बारे अध्ययन गरी कानुनी कारबाहीसम्बन्धी सुझाव र सिफारिस गर्ने ।

तीनबुँदा प्रस्ताव गरेर मैले नै रास्वपाका उपसभापति वाग्ले र प्रधानमन्त्रीलाई पठाएँ । पठाइसकेपछि उहाँहरुले यो पनि अहिले हामीलाई स्वीकार्य छैन भन्नुभएको हो ।

त्यसो भइसकेपछि हाम्रो पार्टीका राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौलाले तीन बजेतिर सम्माननीय प्रधानमन्त्रीज्यूलाई ‘दुईखाले ड्राफ्ट तयार भयो, एउटा रास्वपाबाट प्रस्तावित भएर आयो, अर्को कांग्रेसले तयार पार्‍यो, यसमा कुरा मिलेन, त्यसकारणले गर्दा आज (बिहीबार) ४ बजेको बैठकलाई भोलि (शुक्रबार) लागि सारौँ, छलफल र वार्ता आजै (बिहीबार) साँझबाट सुरु गरौँ भनेर हामी सबैको अगाडि टेलिफोन गर्नुभएको थियो ।

तर, प्रधानमन्त्रीले म संसदमै आउँछु, यी सबै कुराहरुबारे त्यहीँ आएर छलफल गरेर बाँकी कुरा गरौं भनेर भन्नुभएको थियो। मलाई के लाग्छ भने उहाँले गठबन्धन र आफ्नो दलका नेताहरुसँग छलफल गर्नुभएको होला । तर, नेकपा एमालेले यो कुरा स्वीकार नगरेको हुनुपर्छ ।

हिजो संसदको जुन गतिविधि देखियो, त्यसले नेकपा एमाले छानबिन समिति गठनमा पनि अनुदार र संसदमा पनि मुठभेड गर्ने राणनीति लिएको देखिन्छ ।

(नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शुक्रबार कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारसँगको कुराकानीमा आधारित )

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ७ : ५० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको