नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता « Khabarhub

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले आठ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता प्राप्त गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वको पहल र सम्वादका आधारमा नेपाललाई गाभीबाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म रु आठ अर्ब ५९ करोड १९ लाख ६८ हजार बराबरको सहायता प्राप्त गर्ने भएको हो ।

यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका लागि प्रदान गरिँदै आएको सहायता रकमको आर्थिक वर्ष २०१६-१७ देखि २०२१-२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालले फिर्ता गर्नुपर्ने भनी उल्लेख गरिएको तीन लाख आठ हजार २७१ अमेरिकी डलर मिनाहा भएको छ ।

विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री मेहताको पहल तथा गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण र तिर्न पर्ने भनी उल्लेख भएको रकम मिनाहा प्राप्त हुनुले राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ । नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ३ : ४९ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी