कांग्रेस संसद् विघटनको हाउगुजी झिक्दैछ, उसले जे भन्छ मान्नुपर्ने छैन : केपी ओली « Khabarhub

कांग्रेस संसद् विघटनको हाउगुजी झिक्दैछ, उसले जे भन्छ मान्नुपर्ने छैन : केपी ओली


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् ।

एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो भनेका हुन् ।

नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ’, उनले भने, ‘त्यसकारण संसद् चलाउनै पर्छ। देश नै ठप्प पार्ने काम स्वीकार्य हुँदैन । कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन ।’

अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिए ।

‘कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ’, उनले भने, ‘आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि !’

त्यसैगरी ओलीले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने बताएका छन् ।

ओलीले संसद् विघटन गर्ने ठाउँमा पुर्‍याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेकोमा कटाक्ष गरे ।

‘कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ । बेइमानी कुरा गरेको छ’, उनले भने, ‘त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।’

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ७ : ३० बजे

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

काठमाडौँ – धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन