आज २०८१ साल असार ३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ३ गते सोमबारको राशिफल


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ३ गते सोमबार तदनुसार सन् २०२४ जुन १७ तारिख। जेठ शुक्ल पक्षको एकादशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय रमाइलो छ। सिर्जनात्मक क्षमता सार्वजनिक हुनेछ। समाजमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। शिरमा पीडा हुने भएकाले औषधी नियमित गर्नु राम्रो हुन्छ।

वृष : आफ्नो काम आफैं गर्नु राम्रो हुन्छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग भेटले दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा प्रयास गर्नु राम्रो होला।

मिथुन : ठोस निर्णय लिन नसक्दा आफन्त टाढिने जोखिम देखिन्छ। श्रमको उचित मूल्यांकन हुनेछ। श्रम गरेको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। साथीले साथ दिनेछन्। व्यपारको सुरुवात गर्नु राम्रो हुन्छ।

कर्कट : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन उदास हुनेछ। श्रमको मूल्यांकन नहुने योग छ। प्राविधिक शिक्षाको क्षेत्रमा भने फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।, प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : समाजमा तपाईंको प्रशंसा हुनेछ। निर्णय क्षमता कमजोर हुँदा परिवारमा खटपटी बढ्नेछ। राजनीतिमा लगाव बढ्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट काम बन्नेछ। हरेक ठाउँमा परिवारको साथ प्राप्त हुनेछ।

कन्या : धनलक्ष्मी योग परेको छ। डुब्न लागेको धन हात लाग्नेछ। शेयरमा लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा नाफा हुने दिन छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारको साथमा समय बित्नेछ।

तुला : समय रमाइलो छ। अभिभावक र साथीले प्रशंसा गर्नेछन्। आफ्नो भन्दा समाजको सेवा गर्नु राम्रो हुनेछ। परिवारमा विवाद हुने जोखिम छ। राजनीतिमा भने सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिक : अनुत्पादक क्षेत्रमा समय खर्च हुने सम्भावना छ। मन अशान्त बन्नेछ। व्यवहारमा झन्झट आइपर्न सक्छ। धार्मिक कार्य र सेवाको भाव राखेमा संकटको विस्तारै समाधान हुनेछ।

धनु : समय रमाइलो छ। न्याय नपाएर रोकिएका काम सञ्चालन हुनेछन्। तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ।

मकर : शोक पर्ने जोखिम देखिन्छ। लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारका सदस्यको साथ मिल्नेछ। सम्पत्ति आर्जन गर्ने भन्दा भएको सम्पत्ति जोगाउनु राम्रो हुन्छ।

कुम्भ : झुटा आरोप लाग्ने जोखिम छ। मन अशान्त हुनेछ। व्यवहारमा झमेला हुनसक्छ। मन अशान्त भएकाले धार्मिक कार्यमा संलग्न हुँदा फाइदा हुनेछ। परिवारमा विश्वासको अभाव देखिने भएकाले सोचेर काम गर्नु राम्रो हुनेछ।

मीन : मन शान्त हुनेछ। व्यवहारमा खटपटी बढ्नेछ। तपाईंको कामको उचित मूल्यांकन नहुने दिन छ। सानो भनेर कुनै पनि समस्यालाई वेवास्था नगर्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप राम्रो हुनेछ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : १७ बजे

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी ४के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष