मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी « Khabarhub

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी निर्माण गरी पानीको व्यवस्था गरिएको छ । 

पानी र आहाराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, विभिन्न  सङ्घसंस्थाले निकुञ्ज र सामुदायिक वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।

गर्मीका बेला वन्यजन्तु पानीको खोजीमा भौँतारिने हुँदा कृत्रिम पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए। निकुञ्जका जलाशयमा अत्यधिक गर्मी बढेपछि पानीको सतह घटेकाले कृत्रिम पोखरी निर्माण गरी बोरिङ गरेर पानीको व्यवस्थापन गरिँदै आएको उनको भनाइ छ ।

एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाले डिभिजन वन कार्यालयसँग सहकार्य गरी कोहलपुर नगरपालिका–१२ स्थित सृजना सामुदायिक वनमा दुई थान पोखरी निर्माण गरिएको शमशेरगन्ज शव डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए। 

पानी र आहारका लागि मानव बस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न पोखरी निर्माण गरिएको उल्लेख गरे। 

एकीकृत भू–परिधि व्यवस्थापन आयोजना फिल्ड कार्यालय कोहलपुरका प्रबन्धक प्रकाश थापाले वनमा पानीका स्रोतहरू सुकेपछि पोखरी खनेर जनावरलाई वैकल्पिक व्यवस्था गरिएको बताए। 

सृजना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले वनमा निर्माण गरिएका पोखरीमा जंगली जनावरहरू पानी खान–आउने गरेको बताए । पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको उनको भनाइ छ ।

बाँकेमा पछिल्लो समय चित्तल, बाँदर, चितुवालगायत वन्यजन्तुले मानव बस्तीमा प्रवेश गरी क्षति पुर्‍याउने गरेका छन् । बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको शम्शेरगञ्ज शव डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत सुवेदीले जानकारी दिए। 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज