पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या | Khabarhub Khabarhub

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात बन्दुकधारीले दुई जनाको गोली प्रहार गरी हत्या गरेका हुन् ।

छुट्टाछुट्टै घटनामा पाकिस्तानको पञ्जाब प्रान्तस्थित मण्डी बहाउद्दिन जिल्लाका ६२ वर्षीय गुलाम सरवर र राहत अहमद बाजवाको गोली हानी हत्या भएको हो ।

प्रहरीका अनुसार बेलुकीको प्रार्थना सकेर घर फर्किँदै गर्दा गुलाम सरवरलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन इण्डिया टीभीको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी, अर्को घटनामा आफ्नो केटरिङ पसलबाट घर फर्किँदै गर्दा राहत बाजवामाथि गोली प्रहार भएको थियो । गोली प्रहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय सइद अली राजालाई पक्राउ गरेको छ ।

राजाले बाजवाको आस्थाका कारण आफूले गोली प्रहार गरेको स्वीकार गरेका छन् । उनी तहरिकलब्बियाक पाकिस्तान नामक अतिवादी संगठनसंग आबद्ध रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका