आजका समाचार : सरकार तलमाथि नहुने प्रधानमन्त्रीको स्पष्टीकरण, बर्लिनको प्रखालमा राष्ट्रपति | Khabarhub Khabarhub

आजका समाचार : सरकार तलमाथि नहुने प्रधानमन्त्रीको स्पष्टीकरण, बर्लिनको प्रखालमा राष्ट्रपति


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

सोमबार बिहान चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउँदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।


उनले भने( ‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने  अफवाहहरूमा सत्यता छैन ।’

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन् ।

बजेटमा ओलीको असन्तुष्टि छैन

पार्टीभित्र विवाद छैन, विचार मिल्नेसँग एक भएर अघि बढ्न तयार छौँ : माधव नेपाल

प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिऊँ : विप्लव

बजेट जनताको पक्षमा छ, संसद्‍‍बाट पारित हुन्छ

संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने
संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल गर्न बसेको संयुक्त बैठक सकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक(सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो । आजको छलफलमा कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ ।


सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

बर्लिनको पर्खाल अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल

बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेट

पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता

तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।

चालकहरूको मागबारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तापछि चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।


नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम डिलर्स एशोसियसनले आयल निगमसमक्ष राखेका मागहरूलाई लिएर उक्त सहमति भएको हो ।

सहमतिअनुसार सोमबारदेखि नै ट्यांकर चालक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता गरी उपभोक्ताको पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएका छन् ।

सेनाको रिपुमर्दिनी पनि रित्तियो, उपत्यकाका सबैजसो पम्पले दिन छाडे इन्धन

निजी रित्तिँदा सेनाको पम्पमा ओइरिए उपभोक्ता

ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार

कुकुरको छाउराको निर्मम हत्या, घटनामा संलग्न तीनैजना समातिए

भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

अन्तराष्ट्रिय…

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो
भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडीमा सोमबार बिहान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।नयाँ जलपाईगुडीमा कञ्चनजंघा एक्सप्रेसलाई एउटा मालगाडीले ठक्कर दिँदा कम्तीमा १५ यात्रुको मृत्यु भएको हो । यो घटनामा ३० यात्रु घाइते भएका छन् ।

मालगाडीले पछाडिबाट हानेपछि कञ्चनजंघा एक्सप्रेसका कम्तीमा दुईवटा बोगी पटरीबाट उछिटिएका थिए ।


‘दुर्घटनामा १५ यात्रुको मृत्यु भएको छ, २० देखि २५ जना घाइते भएका छन्। धेरैको अवस्था गम्भीर छ। एउटा मालगाडी र कन्चनजंघा एक्सप्रेसमा ठोक्किएपछि घटना भएको हो,’ दार्जीलिङ प्रहरीका अतिरिक्त एसपी अभिषेक रोयले भने।

यो दुर्घटना उत्तर बंगालको नयाँ जलपाईगुडी स्टेशनबाट करिब ११ किलोमिटर टाढा भएको हो ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध क्याबिनेट विघटन

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या

चीनको आरोप : जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत

मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

अमेरिकी पत्रकार गेर्शकोभिचविरूद्ध जुन २६ मा सुनुवाइ हुने

अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ०१ बजे

मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलेकै हालत हुन सक्छ

काठमाडौं- स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल

यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिइनेजस्ता अमानवीय तथा

अर्थसंक्षेप : संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिनदेखि लुम्बिनीको बजेट पारितसम्म

काठमाडौं– क्यानको अनुमति बिना नेपाल वायुसेवा निगमको जहाज मर्मतको लागि

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि

एमालेमा नअटाएका भीम रावलले खोल्लान् नयाँ पार्टी ?

काठमाडौं– डा. भीम रावल पछिल्लो समय नेकपा एमालेको राजनीतिमा ‘न