नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली « Khabarhub

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । 

आर्थिक वर्ष २०८०-८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड राजस्व संकलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए। 

अघिल्लो आवभन्दा गत आवमा करिब रु चार करोड कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९-८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रहेकामा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व संकलन भएको थियो ।

चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो । 

कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा रु एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४१ करोड ४० लाख ९८ हजार संकलन गरेको थियो । भदौ महिनामा रु दुई अर्ब २२ करोड १४ लाख ५८ हजार संकलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४५ करोड ११ लाख ८० हजार असुली भएको थियो ।

यस्तै, असोजमा रु दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार संकलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब २४ करोड २१ लाख ५० हजार संकलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए।

उक्त कार्यालयले मङ्सिरमा दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार संकलन गरेको थियो । त्यस्तै, पुसमा दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार संकलन भएको छ ।

त्यसैगरी, माघमा दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ३१ करोड ८१ लाख २२ हजार संकलन भएको छ । कार्यालयले फागुनमा दुई अर्ब ५० करोड १७ लाख ६५ हजार संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार असुली गरेको छ । 

कार्यालयले गत आर्थिक वर्षको चैतमा दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाखमा दुई अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठमा दुई अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।

नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १२ : २२ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी