बैंककको तारे होटलमा ६ पर्यटकको मृत्यु- चियामा हालिएको थियो साइनाइड | Khabarhub Khabarhub

बैंककको तारे होटलमा ६ पर्यटकको मृत्यु- चियामा हालिएको थियो साइनाइड


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51.1k
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डको राजधानी बैंककस्थित ग्रान्ड हयात होटलमा ६ जनाको ज्यान गएको घटनामा नयाँ रहस्य भेटिएको छ।

समाचारअनुसार बैंककको चर्चित होटलमा भएको उक्त गम्भीर घटना चियासँग जोडिएको छ ।

प्रहरी र चिकित्सकहरूले गरेको अनुसन्धानका क्रममा ज्यान गुमाएका ती ६ जनाले ग्रान्ड हायात होटलमा चिया पिएका थिए ।

पुलिस अधिकारीहरूका अनुसार ती ६ जनाको ज्यान जानुको कारण साइनाइड (एक किसिमको खतरनाक विष) मिलाइएको चिया रहेको छ।

पुलिसले ती सबैको चियाको कपमा मर्नेमध्येकै एकजनाले विष मिलाएको हुन सक्ने आशंका गरेको छ । पुलिसका अनुसार चियामा विष मिलाउने ती व्यक्ति ठूलो परिमाणको ऋणले तनावमा थिए ।

ग्रान्ड हायात इरावन होटलका कर्मचारीले मंगलबार मध्यराति ६ जना भियतनामी पाहुनलाई एकै कोठामा मृत भेटेका थिए । जाँचकर्ताले यो घटना २४ घण्टाअघि नै भएको अनुमान गरेका छन् ।

पुलिस अधिकारीले मृतक ६ जनामा २ जनाले लगानीका लागि अर्का एकजनालाई लाखौँ डलर ऋण दिएको खुलेको छ । त्यही ऋणको तनावमा मृतकमध्ये एकले चियामा साइनाइड हालेको अनुमान प्रहरीले गरेको छ ।

उनीहरूले पिएको चिया र कपको परीक्षणका लागि निशान लिएर फरेन्सिक ल्याबमा पठाइएको थियो ।

समाचार अनुसार सबै शवको प्रारम्भिक परीक्षणबाट कसैको पनि शरीरमा निलडाम र चोट देखिएको छैन । घटनापछि उनीहरूका एकजना गाइडलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।

बैंकक शहरको होटलको कोठामा मृत भेटिएका सबैलाई विष दिएर ज्यान लिइएको पुष्टि स्थानीय प्रहरीले पनि गरेको छ ।

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिनले मृतकहरूमा दुई भियतनामी मूलका अमेरिकी र चारजना भियतनामी नागरिक हुन् ।

बैंकक महानगरीय पुलिस ब्यूरोका मुख्य अन्वेषक, पुलिस मेजर जनरल थेराडेज थमसुथीले मृतकमा तीन पुरुष र तीन महिला रहेको बताएका छन् ।

जनरल थेराडेजले भने, ‘घटनास्थलको प्रारम्भिक जाँचबाट उनीहरू सबैलाई चियामा विष दिएर ज्यान लिएको निष्कर्ष निस्किएको छ ।’

थेराडेजले ती सबैले चिया पिएको पुष्टि भएको बताए । ती ६ जनाको शव एउटै कोठाको एकै सुइटमा भेटिएका थिए । उनीहरू सबैले होटलबाट मंगलबार चेकआउट गर्ने तालिका थियो । त्यहीअनुसार उनीहरूले ब्याग पनि प्याकिङ गरिसकेका थिए ।

बैंककमा ठूलो संख्यामा हुने हिंसालाई असामान्य मानिन्छ । तर राजधानीमा गत अक्टोबरमा भएको गोलीबारीले आतंक मच्चाएको थियो । एकजना १४ वर्षीय किशोरले एक लक्जरी सपिङ मलमा गोली चलाउँदा तीनजना मारिएका थिए ।

ग्रान्ड हयात इराभन होटल बैंकक शहरको केन्द्रमा एक व्यस्त चोकमै छ । यो इराभन श्राइनको विपरीत दिशामा छ। जहाँ सन् २०१५ मा एक घातक बम विस्फोट हुँदा २० जना मारिएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : २१ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले