बैंककको तारे होटलमा ६ पर्यटकको मृत्यु- चियामा हालिएको थियो साइनाइड « Khabarhub

बैंककको तारे होटलमा ६ पर्यटकको मृत्यु- चियामा हालिएको थियो साइनाइड


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51.1k
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डको राजधानी बैंककस्थित ग्रान्ड हयात होटलमा ६ जनाको ज्यान गएको घटनामा नयाँ रहस्य भेटिएको छ।

समाचारअनुसार बैंककको चर्चित होटलमा भएको उक्त गम्भीर घटना चियासँग जोडिएको छ ।

प्रहरी र चिकित्सकहरूले गरेको अनुसन्धानका क्रममा ज्यान गुमाएका ती ६ जनाले ग्रान्ड हायात होटलमा चिया पिएका थिए ।

पुलिस अधिकारीहरूका अनुसार ती ६ जनाको ज्यान जानुको कारण साइनाइड (एक किसिमको खतरनाक विष) मिलाइएको चिया रहेको छ।

पुलिसले ती सबैको चियाको कपमा मर्नेमध्येकै एकजनाले विष मिलाएको हुन सक्ने आशंका गरेको छ । पुलिसका अनुसार चियामा विष मिलाउने ती व्यक्ति ठूलो परिमाणको ऋणले तनावमा थिए ।

ग्रान्ड हायात इरावन होटलका कर्मचारीले मंगलबार मध्यराति ६ जना भियतनामी पाहुनलाई एकै कोठामा मृत भेटेका थिए । जाँचकर्ताले यो घटना २४ घण्टाअघि नै भएको अनुमान गरेका छन् ।

पुलिस अधिकारीले मृतक ६ जनामा २ जनाले लगानीका लागि अर्का एकजनालाई लाखौँ डलर ऋण दिएको खुलेको छ । त्यही ऋणको तनावमा मृतकमध्ये एकले चियामा साइनाइड हालेको अनुमान प्रहरीले गरेको छ ।

उनीहरूले पिएको चिया र कपको परीक्षणका लागि निशान लिएर फरेन्सिक ल्याबमा पठाइएको थियो ।

समाचार अनुसार सबै शवको प्रारम्भिक परीक्षणबाट कसैको पनि शरीरमा निलडाम र चोट देखिएको छैन । घटनापछि उनीहरूका एकजना गाइडलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।

बैंकक शहरको होटलको कोठामा मृत भेटिएका सबैलाई विष दिएर ज्यान लिइएको पुष्टि स्थानीय प्रहरीले पनि गरेको छ ।

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिनले मृतकहरूमा दुई भियतनामी मूलका अमेरिकी र चारजना भियतनामी नागरिक हुन् ।

बैंकक महानगरीय पुलिस ब्यूरोका मुख्य अन्वेषक, पुलिस मेजर जनरल थेराडेज थमसुथीले मृतकमा तीन पुरुष र तीन महिला रहेको बताएका छन् ।

जनरल थेराडेजले भने, ‘घटनास्थलको प्रारम्भिक जाँचबाट उनीहरू सबैलाई चियामा विष दिएर ज्यान लिएको निष्कर्ष निस्किएको छ ।’

थेराडेजले ती सबैले चिया पिएको पुष्टि भएको बताए । ती ६ जनाको शव एउटै कोठाको एकै सुइटमा भेटिएका थिए । उनीहरू सबैले होटलबाट मंगलबार चेकआउट गर्ने तालिका थियो । त्यहीअनुसार उनीहरूले ब्याग पनि प्याकिङ गरिसकेका थिए ।

बैंककमा ठूलो संख्यामा हुने हिंसालाई असामान्य मानिन्छ । तर राजधानीमा गत अक्टोबरमा भएको गोलीबारीले आतंक मच्चाएको थियो । एकजना १४ वर्षीय किशोरले एक लक्जरी सपिङ मलमा गोली चलाउँदा तीनजना मारिएका थिए ।

ग्रान्ड हयात इराभन होटल बैंकक शहरको केन्द्रमा एक व्यस्त चोकमै छ । यो इराभन श्राइनको विपरीत दिशामा छ। जहाँ सन् २०१५ मा एक घातक बम विस्फोट हुँदा २० जना मारिएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : २१ बजे

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं– प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका