पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार « Khabarhub

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा पाँच जना लडाकु मारिएका छन् । अरु २३ जना अपहरित नागरिकको उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाको सञ्चार तथा जनसम्पर्क शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार शुक्रबार राति कलात नजिकै पाकिस्तान हाइवे (एन–२५) मा लडाकुहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने, रकम उठाउने तथा सवारीसाधन कब्जा गर्ने उद्देश्यले अवैध चेकपोस्ट स्थापना गर्न खोजेका थिए ।

लडाकुहरूको गतिविधिबारे जानकारी पाएपछि सुरक्षा बलले तत्काल कारबाही अघि बढाएको थियो । त्यस क्रममा भएको गोली हानाहानमा पाँच जना लडाकु मारिएको आईएसपीआरले जनाएको छ । सुरक्षा बलले त्यसपछि लडाकुहरूको एउटा आश्रयस्थलमा छापा मारेर २३ जना अपहरित नागरिकलाई सकुशल उद्धार गरेको थियो ।

कारबाहीका क्रममा लडाकुहरूले कब्जामा लिएका भनिएका ६ वटा ट्रक, ३ वटा बस र २ वटा कार समेत बरामद गरिएको सेनाले जनाएको छ । त्यसैगरी, सुरक्षा बलले ठूलो परिमाणमा हतियार, गोलीगठ्ठा तथा विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ । सेनाका अनुसार घटनापछि आसपासका क्षेत्रमा थप लडाकुहरूको खोजी तथा सुरक्षा कारबाही जारी छ ।

रणनीतिक महत्वको उक्त राष्ट्रिय राजमार्गमा स्थानीय बासिन्दा तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र यातायात सञ्चालनलाई सुरक्षित बनाउन सुरक्षा बलले निगरानी तथा खोजी अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ३ : ५४ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले