सुदूरपश्चिममा आज ‘वल्के’ पर्व मनाइँदै « Khabarhub

सुदूरपश्चिममा आज ‘वल्के’ पर्व मनाइँदै


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ पर्व हर्सोल्लासका साथ मनाइँदैछ । यो पर्व हरेक वर्ष भदौ सङ्क्रान्तिका दिन मनाउने गरिन्छ ।

वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ । आजका दिन बिहानै नुहाइधुवाइगरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर सम्मान गर्ने एकखालको छुट्टै परम्परा रहिआएको छ ।

त्यस्तै गाउँ घरतिर जसका घरमा गाईभैँसीको दूध, दही अर्थात गोरस हुँदैन त्यस घरमा दूध, दहीलगायत बाँड्ने प्रचलन पनि रहेको छ ।

मौलिक पर्वका रुपमा रहेको यस पर्वमा विभिन्न प्रकारका स्थानीय खानाका परिकार पकाएर खाने र खुवाउने चलन छ । घरपरिवारका सदस्य एकसाथ बसेर मीठो–मसिनो खाइ रमाइलो गरिन्छ ।

विषेशगरी यस पर्वका दिन विवाहित छोरीचेलीलाई माइती घरमा बोलाइ लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायत स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

परापूर्वकालदेखि नै मरुला भनेर ‘बिसु’ खानु, बाँचे भनेर ‘वल्के’ खानु’ भन्ने एक किसिमको किंवदन्ती पनि छ । ‘बिसु’ भन्नाले नयाँ वर्ष अर्थात् वैशाख १ गते मनाइने पर्व हो ।

त्यसैगरी यस चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउनेलगायत क्रियाकलाप पनि गर्ने गर्दछन् । सहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको पाइन्छ ।

प्रदेशका केही पहाडी जिल्लामा त यस चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङग्याई रमाइलो गर्ने चलन रहेको छ ।

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट वर्षाको समयमा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने विभिन्न छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्तामा भने यसको महत्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय भक्तराज पाण्डे बताउँछन् ।

यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायत स्थानमा पनि मनाउने गरिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १२ : ०२ बजे

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद