सुदूरपश्चिममा आज ‘वल्के’ पर्व मनाइँदै | Khabarhub Khabarhub

सुदूरपश्चिममा आज ‘वल्के’ पर्व मनाइँदै


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ पर्व हर्सोल्लासका साथ मनाइँदैछ । यो पर्व हरेक वर्ष भदौ सङ्क्रान्तिका दिन मनाउने गरिन्छ ।

वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ । आजका दिन बिहानै नुहाइधुवाइगरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर सम्मान गर्ने एकखालको छुट्टै परम्परा रहिआएको छ ।

त्यस्तै गाउँ घरतिर जसका घरमा गाईभैँसीको दूध, दही अर्थात गोरस हुँदैन त्यस घरमा दूध, दहीलगायत बाँड्ने प्रचलन पनि रहेको छ ।

मौलिक पर्वका रुपमा रहेको यस पर्वमा विभिन्न प्रकारका स्थानीय खानाका परिकार पकाएर खाने र खुवाउने चलन छ । घरपरिवारका सदस्य एकसाथ बसेर मीठो–मसिनो खाइ रमाइलो गरिन्छ ।

विषेशगरी यस पर्वका दिन विवाहित छोरीचेलीलाई माइती घरमा बोलाइ लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायत स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

परापूर्वकालदेखि नै मरुला भनेर ‘बिसु’ खानु, बाँचे भनेर ‘वल्के’ खानु’ भन्ने एक किसिमको किंवदन्ती पनि छ । ‘बिसु’ भन्नाले नयाँ वर्ष अर्थात् वैशाख १ गते मनाइने पर्व हो ।

त्यसैगरी यस चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउनेलगायत क्रियाकलाप पनि गर्ने गर्दछन् । सहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको पाइन्छ ।

प्रदेशका केही पहाडी जिल्लामा त यस चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङग्याई रमाइलो गर्ने चलन रहेको छ ।

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट वर्षाको समयमा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने विभिन्न छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्तामा भने यसको महत्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय भक्तराज पाण्डे बताउँछन् ।

यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायत स्थानमा पनि मनाउने गरिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १२ : ०२ बजे

मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाउँदै

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च

काठमाडौं– शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक

शान्ति समाजले भन्यो- केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही थाल

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले गत भदौ २३ र

‘जेन-जी विद्रोहको पहिलो कारण कांग्रेस–एमालेको कुशासन, दोश्रो भूराजनीति’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्ष