बडिमालिका मेला भर्न गएकी खड्काको उद्वार « Khabarhub

बडिमालिका मेला भर्न गएकी खड्काको उद्वार


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

बाजुरा – सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ ।

अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आइतबार बडिमालिकामा लाग्ने मेला भर्नका लागि जाँदै गरेकी खड्कालाई लेक लागेर अक्सिजनको कमी भएर बिरामी परेपछि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खड्का बडिमालिका जाने क्रममा त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन् ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १० : ३६ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ