गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा « Khabarhub

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमबार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो।

टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधी उपकरण भए नभएको बुझी मुचुल्का उठाएर लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का गरि लगेको अस्पताल श्रोतले जनाएको छ।

स्टोरमा रहेको उपकरण र औषधीबारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासंग केहिबेर सोधपुछ गरेको थियो। अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् ।

मधेश प्रदेशका प्रादेशिक आपुर्ति समितिले प्रदेशभरि अस्पतालहरुमा आपुर्ति गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन् ।

हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरण बारे छानबिन सुरु गरेको छ।

उता अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरि औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन, न्यानो झोला बितरण, करार कर्मचारी भर्नादेखि निजी क्लिनिक र ल्याबसँग साठगाठ गरेको बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : ४५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६