खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव भेटियो  « Khabarhub

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव भेटियो 


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो । ७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो । मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौँबाट दुप्चेश्वर आएकी अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन्  । 

स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता, खोजी कार्य जारी, फेला पार्नेलाई गाउँपालिकाले ५० हजार दिने

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ४६ बजे

काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका