मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबलको उपाधिमा सियोनलाई  « Khabarhub

मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबलको उपाधिमा सियोनलाई 


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

धरान– तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको तेश्रो संस्करणको उपाधि सियोन स्कुलले हात पारेको छ । डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरानकै प्रभात बोर्डिङ स्कुललाई ३५–१७ को फराकिलो अंकले हराउँदै सियोन च्याम्पियन भएको हो । सियोजनले रनिङ ट्रफीसँगै नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेता प्रभातले ट्रफीसँगै नगद ७ हजार ५ सय, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । 

खेलको पहिलो, दोस्रो र तेस्रो क्वार्टरको खेल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो क्वार्टरमा सियोनले ४ र प्रभातले २ स्कोर गरेको थियो भने दोस्रो क्वार्टरमा सियोनलेअंक थप्दै कुल ११ अंक पुर्‍यायो । प्रभातले पनि ४ अंक थपेर दोस्रो क्वार्टरको खेल सकिँदा कुल ६ अंक बटुलेको थियो । तेस्रो क्वार्टरमा दुवै टिमले समान ६ अंक बटुल्दै सियोनको १७ र प्रभातको १२ स्कोर भएको थियो । 

अन्तिम  क्वार्टरमा भने ५ अंकमात्र जोड्न दिएर प्रभातमाथि सियोन हावी हुँदै कुल १७ अंकमा समेटेको थियो । सियोनले चौथो क्वार्टरमा १८ स्कोर गर्दै कुल ३५ अंक बटुल्दै फराकिलो अन्तरमा जित हात पार्दै च्याम्पियन बन्यो । 

समापन समारोहमा प्याराडाइज इलिस बोर्डिङ स्कुल इटहरीका प्रिन्स खत्री  उदयमान खेलाडी घोषित भए । प्रतियोगिता अवधिमा सबैभन्दा धेरै ७६ स्कोर गर्ने खेलाडी सियोन स्कुलका सम्यक राईले हाइ स्कोररको पुरस्कार  प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर (एमभिपि) को पुरस्कार पनि जिते । 

सुनसरीका १६ स्कुलका टिमले प्रतिष्पर्धा गरेको प्रतियोगिताको समापनमा विजेता खेलाडीहरूलाई डिपो स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बर बहादुर लिम्बु, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राई, प्रदेशसभा सदस्य विजयकुमार राई, डिपोका प्राचार्य राजकुमार राई, ब्रिगेड युनिट वेलफेयर अफिसर बिजिएम काठमाण्डौंका मेजर राजिव श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ५५ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ