वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण « Khabarhub

वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा वैदेशिक लगानीको आकर्षण पर्यटन क्षेत्रमा केन्द्रित भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकअनुसार सो अवधिमा भएको कुल वैदेशिक लगानीको ७१ प्रतिशत पर्यटन क्षेत्रमा भएको देखिएको हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनामा १३१ वटा विभिन्न कम्पनीले नेपालमा लगानीको स्वीकृति लिएका छन् । जसमध्ये ९३ वटा कम्पनीहरूले पर्यटन क्षेत्र, १८ वटा कम्पनीले सेवा क्षेत्र, १२ वटा कम्पनीले उत्पादन क्षेत्र, ५ वटा कम्पनीले सूचना प्रविधि क्षेत्र १ वटा कम्पनीले खनिज क्षेत्र र २ वटा कम्पनीले कृषि क्षेत्रमा लगानी गर्ने स्वीकृति लिएका छन् ।

समीक्षा अवधिमा आएको लगानी प्रतिबद्धता मध्ये १ अर्ब १ करोड ३५ लाख ६० हजार २ सय अटोमेटिक रूटबाट आएको छ भने १५ अर्ब ४२ करोड ७७ लाख ५६ हजार ४ सय एप्रुभल रूटबाट आएको विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको ३ महिनामा लगानी प्रतिबद्धता जनाएकामध्ये १२८ वटा कम्पनीले साना उद्योग क्षेत्रमा, १ वटा कम्पनीले मझौला उद्योगमा र २ वटा कम्पनीले ठूला उद्योगमा लगानी गर्ने भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १२ : ४५ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो