सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी | Khabarhub Khabarhub

सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले चालु आर्थिक वर्षमा तय गरेको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य असोज मसान्तसम्म कत्ति पनि प्राप्त गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ५२ अर्ब २३ करोड २६ लाख ५ हजार बराबरको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य राखेकोमा असोज मसान्तसम्मको अवधिमा कत्ति पनि अनुदान प्राप्त गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

त्यस्तै, तीन महिनाको आम्दानी खर्चको विवरण हेर्दा सरकार आम्दानीको तुलनामा पौने खर्बले बढी खर्चको अवस्थामा रहेको देखिएको छ । महालेखाको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब ५३ अर्ब १ करोड ३३ लाख आम्दानी गरेको छ भने ३ खर्ब २९ अर्ब २० करोड ११ लाख खर्च गरेको छ ।

विवरणअनुसार सरकारले समीक्षा अवधिमा सबैभन्दा धेरै कार्यसञ्चालन खर्च अर्थात् तलब, भत्ता, मसलन्द लगायतमा २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख, पुँजीगत खर्चमा २९ अर्ब ३७ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड ४४ लाख खर्च गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा सरकारले कर आम्दानी २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख र गैरकर आम्दानी २८ अर्ब ५७ करोड ५१ लाख आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ३२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका