काभ्रेको खानेपानी संरचना फास्ट ट्रयाकमा बनाउँछौँ : मन्त्री यादव | Khabarhub Khabarhub

काभ्रेको खानेपानी संरचना फास्ट ट्रयाकमा बनाउँछौँ : मन्त्री यादव


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेखानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम फास्ट ट्रयाकमा निर्माण गरिने बताएका छन् ।

गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिकाअन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहानलगायतका  संरचनाको  आज स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् ।

खानेपानीमन्त्री यादवले भने, ‘पनौतीसहित आसपासका क्षेत्रमा खानेपानी मन्त्रालयअन्तर्गत विभागका संरचनामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । बिग्रेभत्केका ती संरचनाको काम द्रुत प्रक्रियामार्फत सुरु गरी बाढी प्रभावित जनतालाई यथाशक्य छिटो खानेपानीको व्यवस्था गछौँ ।’

उनले भने, ‘मन्त्रालय, विभाग, खानेपानी संस्थानसहितको टिमले बाढीपहिरोका कारण भएको क्षतिको यथार्थ विवरण तयार गरी तीन दिनभित्र सूचना प्रकाशित गरी काम अघि बढाइने छ, ढुक्क हुनुहोस् यथाशक्य छिटो खानेपानी समस्या हल गर्न सरकार तयार छ ।’

मन्त्री यादवले खानेपानी उपयोग तथा व्यवस्थापनका सन्दर्भमा मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मन्त्री यादवलाई पनौतीका स्थानीयवासीले छिटोभन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणका साथै प्रभावित क्षेत्रका वस्तीसमेत स्थानान्तरण गरी प्रभावित जनताको जीउधनको सुरक्षाका लागि अनुरोध गरे।

अनुगमन टोलीमा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख, खानेपानी संस्थानका महाप्रबन्धकलगायतका प्रतिनिधि तथा पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ६ : ०५ बजे

तीनकुनेमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, एकजनालाई गोली लाग्यो

काठमाडौं- काठमाडौंको तीनकुनेमा राजादी प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको

माधव नेपालले भने- मुलुकमा राजसंस्था फर्किनै सक्दैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजसंस्था फर्किन

माधव नेपाल भन्छन्- वंशको शासन सकियो, अब राजतन्त्र फर्किँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजसंस्था फर्किन

अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण 

काठमाडौं– तीनकुनेमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले आक्रमण गरेका छन्

अराजकतातिर राजावादी, सञ्चारमाध्यमका कार्यालय तोडफोड, घरमा लगाइदिए आगो (तस्बिरहरू)

काठमाडौं- नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले हिंसा