लमजुङ दरबार निर्माणको काम ठप्प « Khabarhub

लमजुङ दरबार निर्माणको काम ठप्प


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनर्निर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ ।

बाइसे र चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा लमजुङबासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्ने गरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन । तेस्रो वर्ष लाग्यो तर काम भएको छैन ।

स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा ऐतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताए ।

वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म काम सुरु नभएको बताए । ‘दरबार निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन’, उनले भने ।

पुरातत्व विभागका अनुसार दरबार पुनर्निर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा एक करोड ३३ लाख रुपैयाँ बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि ५५ लाख रुपैयाँ मात्र बजेट रहेको बताए । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उनको भनाइ छ ।

पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ ।

दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ । 

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : ५२ बजे

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं– नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी– कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो