जसपा नेपालले कीर्तिपुरको मेयर र वडाध्यक्षमा उतार्‍यो तेस्रो लिङ्गी | Khabarhub Khabarhub

जसपा नेपालले कीर्तिपुरको मेयर र वडाध्यक्षमा उतार्‍यो तेस्रो लिङ्गी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  उपेन्द्र यादव नेतृत्वको  जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडा नम्बर ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई मैदानमा उतारेको छ ।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको ‘मायाको पहिचान नेपाल’को पहलमा जसपा नेपालले दुई पदमा अल्पसंख्यकलाई मौका दिएको हो ।

तेस्रो लिङ्गी महिला एवम् कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनी महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवारलाई साक्षी राखेर उनीहरूलाई उम्मेदवार घोषणा गरेका थिए।

जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले र्‍यालीसहित दुवैजनाको उम्मेदवारी आइतबार दर्ता गराएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनी र मौनीले उम्मेदवारी दिएका हुन् । हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन्। उनी पर्यटक गाइड गर्छिन्।

कीर्तिपुरमा हनि तेस्रो लिङ्गीसँगै टुरिस्ट गाइडका रुपमा परिचित छन्। मौनी तेस्रो लिङ्गी मोडल हुन् । हनि र मौनी पहिलो पटक राजनीतिमा होमिएका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ४६ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ