कीर्तिपुरमा रास्वपाको साथ स्वतन्त्रलाई, यी हुन् अरु २६ स्थानमा प्रतिस्पर्धी (सूचीसहित) « Khabarhub

कीर्तिपुरमा रास्वपाको साथ स्वतन्त्रलाई, यी हुन् अरु २६ स्थानमा प्रतिस्पर्धी (सूचीसहित)


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुरको मेयरका लागि उम्मेदवारी दिएन ।

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपाले कीर्तिपुरको मेयर तथा वडा नम्बर ४ र १ अध्यक्षमा पनि उम्मेदवारी नदिएको हो ।

रास्वपाले कांग्रेसका वडाअध्यक्ष मुकुन्द रिजालको निधनपछि खाली भएको काठमाडौं वडा नम्बर १६ मा भने उम्मेदवारी दिएको छ । जहाँ रास्वपाले रोजिना श्रेष्ठलाई टिकट दिएको छ ।

रास्वपाले कीर्तिपुरमा कुनै एक स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ । रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने भने पनि तीनै पद खाली छाडेको हो।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव महर्जन मैदानमा छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका दिलकुमार महर्जनको पनि उम्मेदवारी परेको छ ।

रास्वपाले देशभरका ४४ स्थानमध्ये २६ स्थानमा उम्मेदवारी दिएको छ । ४४ मध्ये २ स्थानमा जिल्ला समन्वय समितिको चुनाव हुन्छ । रास्वाले बाँकी १६ स्थानमा उम्मेवारी खडा गरेको छैन ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : ४७ बजे

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी